मोरङको लेटाङमा कर्फ्यू समय घट्यो

मोरङको लेटाङमा लगाइएको कर्फ्यू समय घटाइएको छ । बुधबारदेखी लागु हुनेगरी बिहान १० बजे देखी दिउसो ४ बजेसम्म र बेलुकी ६ बजेदेखि बिहान ६ बजेसम्म जिल्ला प्रशासन कार्यालय मोरङले कर्फ्यू आदेश जारी गरेको हो ।
दक्षीणमा वडा नं ३ र ४ को गंगे चौक र कमलपुर क्षेत्र, वडा नं ५ को संपुर्ण क्षेत्र, उत्तरमा ६ नं वडा कार्यलय क्षेत्र, पुर्वमा मोरङे खोला र पश्चिममा चिसाङ खोला क्षेत्रमा अत्यावश्यक सेवा बाहेक मानिस आवत जावत, भेला गर्न नपाउने गरी कर्फ्यू आदेश जारी भएको छ ।
प्रशासनले थप अप्रिय घटना हुन नदिन सोमबार बिहान ७ बजेदेखि सो क्षेत्रमा अनिस्चितकालिन पुर्ण कर्फ्यू लगाएको थियो ।
खेरूवास्थित शिक्षा विकास माविका एक शिक्षकले आफ्नै स्कुलकी एक बालिकालाई यौन दुर्व्यवहार प्रयास गरेको विषयमा आइतबार भएको सर्वपक्षीय छलफलमा आक्रोशित भिडको आक्रमणमा परेर महिला प्रहरी उर्मिला श्रेष्ठले मृत्यु भएको थियो ।