२४ घण्टामा ४४ जनामा कोरोना सङ्क्रमण

पछिल्लो २४ घण्टामा नेपालमा ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ६ हजार पाँच ९४ जनाको नमुना परीक्षण गर्दा ४४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै २४ घण्टामा चार सय ८१ जना निको भएसँगै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ६ सय ८८ जनामा झरेको छ ।

यही अवधिमा एक जना सङ्क्रमितको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । केही दिनयता कोरोनाबाट हुने मृत्यु शून्यमा झरेकोमा आज एक जनाको ज्यान गएको हो ।