भक्तपुरको दधिकोटमा केएमसीको निःशुल्क स्वास्थ्यशिविर

भक्तपुर ।भक्तपुरको सूर्यविनायकनगरपालिका–१ स्थित दधिकोट विरुवामाशुक्रबार निःशुल्क स्वास्थ्यशिविर सञ्चालनगरिएको छ । चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्थासँग सहकार्य गरेर काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले एकदिने शिविर सञ्चालन गरेको हो ।
दधिकोट इङ्गिलस सेकेण्डरी स्कूलमा सञ्चालितशिविरमा ९६५ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा १७२ जनाको रक्त परीक्षण, १६८ जनाको भिडियो एक्सरे र १२३ जनाको ईसीजीगरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । त्यस्तै ३२ जनाको दाँतउखेलिएको छ । शिविरमाउपचार सम्भव नभएका ४१ जना बिरामीलाई शल्यक्रियाकालागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।
डा. सुनिलशर्माको प्रवेशसँगै केएमसीले गतबर्षदेखि निःशुल्क स्वास्थ्यशिविर सञ्चालनलाई निरन्तरतादिइरहेको छ ।