नोबेलका डाक्टरद्वारा इटहरीको माया घरमा निःशुल्क उपचार

सुनसरी, । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका डाक्टरहरुले सुनसरीको इटहरी उप–महानगरपालिका–२ स्थित माया घरमापुगेर त्यहाँ रहेका असहायहरुको निःशुल्कउपचार गरेका छन् । बिहिबार एक दिने स्वास्थ्य परीक्षण कार्यक्रमआयोजना गरी माया घरमाआश्रीत व्यक्तिहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो ।
सडकमानब, मानसिक रोगीलगायतअसहायहरुलाई माया घरमाआश्रय दिएर राख्ने गरिएको छ । अहिले माया घरमा १०३ जनाव्यक्तिहरु आश्रय लिएर बस्दै आएका छन् । उनीहरुको स्वास्थ्य परीक्षण गरिएको माया घरकी सचिवसुभद्राप्याकुरेलले जानकारी दिइन् ।स्वास्थ्य परीक्षणका लागि नोबेलबाट चार जनाबिशेषज्ञ डाक्टरहरुको टोलीगएको थियो । परीक्षणका क्रममा धेरैमा छालाको समस्या देखिएको नोबेल अस्पतालका प्रवन्धक नारायण दाहालले बताए ।
माया घरमाआश्रीतहरुलाई नोबेलले एक बर्षसम्मनिःशुल्क स्वास्थ्य परीक्षण गर्ने गरी सम्झौतासमेत भएको छ । असहायहरुको उपचारका लागि नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिलशर्मा सकारात्मक बनेपछि एक बर्षसम्मकालागि अस्पतालले माया घरका आश्रीतहरुलाई निःशुल्क स्वास्थ्य परीक्षण गर्ने गरी सम्झौतागरेको हो । सोहीबमोजिमउनीहरुलाई निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्थामिलाइएको हो ।