सृजनाघरको चौतारी नाटक सम्पन्न

बेलबारी ।
मोरङको बेलबारीमा रहेको सृजनाघर बेलबारीले चौतारी नाटक प्रस्तुत गरेको छ । बिहिबार बेलबारी ३ मा रहेको लालीगुँरास सहकारी संस्थाको सभाहलमा नाटक प्रस्तुत गरिएको हो ।
दर्शकले आफ्नो जिवनमा भोगेको घटना सुनाएपछि कलाकरहरुले तत्कालै उक्त घटनालाई नाटक र कविता मार्फत दर्शकहरुलाई मनोरन्जन दिएका थिए ।
चौतारी नाटकमा कलाकारहरु सिजन दाहल, सागर खाती “कामी“, दिपक खरेल, मनिस “शंखर, जीवन बराल, करिना बास्तोला, सुमित्रा पेहिङ लिम्बु ,नवीन रिजाल सहभागि थिए ।
सृजनाघर बेलबारीले कदम थिएटर दमकको सहकार्यमा प्रस्तुत गरेको नाटकमा १ सयको संख्यामा दर्शकको उपस्थिति रहेको थियो ।
बिगत लामो समय देखि सृजनाघरले नाटक तथा साहित्य बिधामा काम गर्दै आएको सन्चालक बिकास बुढाथोकीले जानकारी दिए । एक महिना अगाडि मात्रै सृजना घरले एक हप्ताको नाटक कार्यशाला सम्पन्न गरेको थियो ।