सुरक्षा सामाजिक उद्यमी महिला सहकारीमा नयाँ नेतृत्व

विराटचोकः मोरङको सुन्दरहरैँचामा रहेको सुरक्षा सामाजिक उद्यमी महिला सहकारीको शनिबार भएको ९ औं वार्षिक साधारणसभाले अध्यक्षमा दुर्गादेवी भट्टराईलाई चयन गरेको छ ।

अध्यक्ष भट्टराईका अनुसार सचिवमा भगवती पराजुली र कोषाध्यक्षमा तुलसा घिमिरे चयन भएका छन् । यस्तै सदस्यमा कल्पना राई, बिना चौधरी, इन्द्रमाया खत्री, विद्या चापागाईं, सीता अधिकारी र रमा शर्मा भट्ट चयन भएका छन् ।

लेखा समिति संयोजकमा गोमा कटुवाल तथा सदस्यमा रमा न्यौपाने र रोहिणी भण्डारी चयन भएका छन्