सागमा सबैभन्दा धेरै पौडीमा ३८ स्वर्ण, अन्य कुनकुन खेलमा कति स्वर्णका लागि हुँदैछ प्रतियोगिता

काठमाडौंः १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा पौडी विधामा सबैभन्दा बढी पदकका लागि प्रतियोगिता हुने भएको छ । सागको प्राविधिक समितिले जनाएअनुसार ३ सय १७ स्वर्ण र त्यत्तिकै सङ्ख्यामा रजत पदकका लागि प्रतिस्पर्धा हुने छ । त्यसैगरी, कास्य पदकको सङ्ख्या भने ४ सय ८१ रहेको छ ।

सागमा पौडीमा सर्वाधिक ३८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने छ । यसैगरी एथ्लेटिक्समा ३६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदा उसुमा २२ स्वर्णका लागि प्रतिस्पर्धा हुने छ । तेक्वान्दोमा २९ तथा भारोत्तोलन, कुस्ती र सुटिङमा २०–२० स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने छ ।

करातेमा १९ तथा बक्सिङमा १६ स्वर्ण पदकका लागि भीडन्त हुने छ । यसैगरी, जुडोमा १५, फेन्सिङमा १२ र आर्चरीमा १० स्वर्ण पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । साइक्लिङमा ८ तथा ब्याडमिन्टन, टेबलटेनिस र टेनिसमा ७–७ स्वर्ण पदकका लागि भीडन्त हुने छ । ट्रायथलनमा ५ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदा स्क्वास र गल्फमा ४ स्वर्णका लागि भीडन्त हुने छ ।

यस्तै, बास्केटबल, थ्री बाई थ्री बास्केटबल, क्रिकेट, फुटबल, ह्याण्डबल, कबड्डी, खोखो, भलिबल र बीच भलिबलमा २–२ ओटा स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने भएको छ ।




Leave a Reply

Your email address will not be published.