धरानमा साकेला ढोल र मादलको प्रशिक्षण कार्यक्रम सम्पन्न

सुनसरीको धरानमा मौलिक बाजा साकेला ढोल र मादलको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । गत फागुन २० गतेदेखि सुरू भएको प्रदेश १ स्तरीय प्रशिक्षण कार्यक्रम फागुन ३० गते सम्पन्न भएको हो ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा १० जिल्लाका ६० जना प्रशिक्षार्थीहरु सहभागी थिए ।
भरत बुढाथोकी र दिपेश राईले साकेला ढोल र मादलको प्रयोगात्मक तथा सैद्धान्तिक पक्षहरुमा प्रशिक्षण दिएका थिए ।