ब्राउन सुगरसहित एक जना पक्राउ

झापाबाट प्रहरीले ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ ।
मंगलबार धनकुटा पाख्रिवास नगरपालिका–३ का ३३ वर्षीया विनोद घिमिरेलाई पक्राउ गरेको प्रदेश–१ प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।
प्रहरीका अनुसार घिमिरेलाई शंका लागि चेक गर्दा उनको साथबाट २३ ग्राम ब्राउन सुगर भेटिएको हो । घिमिरे भारतबाट नेपाल आउँदै थिए ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।