यू–१८ महिला साफ: नेपालले आज भारतको सामना गर्दै

यू–१८ महिला साफको उद्घाटन खेलमा नेपालले आज आयोजक भारतको सामना गर्दैछ ।
भारतको जमसेदपुरमा खेल नेपाली समयअनुसार साँझ ७ः१५ बजे हुनेछ । घरेलु टोली भारतलाई हराउँदै नेपाल च्याम्पियनसिपमा सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । तर, बलियो भारतविरुद्ध नेपाललाइ जित निकाल्न सहज हुनेछैन । यता, घरेलु टोली भारत पनि नेपाललाई हराउँदै च्याम्पियनसिपमा सुखद सुरुवात गर्ने लक्ष्यमा मैदान उत्रनेछ ।
डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिप भारतको जमसेदपुरमा मार्च १५ देखि २५ तारिखसम्म हुनेछ । च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको छ ।
दोस्रो खेलमा नेपालले मार्च १७ मा बंगलादेशको सामना गर्नेछ । यस्तै मार्च २१ मा फेरि भारतसँग खेल्दा नेपालले मार्च २३ मा बंगलादेशसँग खेल्ने तालिका छ । शीर्ष टोलीले उपाधि जित्नेछ ।