सप्तरीमा नोबेलको निःशुल्क स्वास्थ्यशिविर, १४ सय बिरामी लाभान्वित

सप्तरी । सप्तरीको कञ्चनपुर नगरपालिका–१२ मा सोमबार निःशुल्क स्वास्थ्यशिविर सञ्चालन गरिएको छ । स्थानीय रुपनगर चौकस्थितएमडी हेल्थ केयर हस्पिटल प्रा.लि.सँग सहकार्य गरेर विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले एकदिने शिविर सञ्चालन गरेको हो ।
एमडी हेल्थ केयर हस्पिटलमा सञ्चालनभएको शिविरमा १४३३ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । उपचारका लागिशिविरमाआएका२१६ जनाको रक्त परीक्षण, १९७जनाको भिडियो एक्सरे र १६२ जनाको मुटुको जाँच (इसीजी) गरिएको नोबेल शिक्षण अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । त्यस्तै दाँतमा समस्याभएका ४८ जनाको दाँतखोलिएको छ ।
ग्रामीण क्षेत्रकाविपन्न बिरामीलाई लक्षित गरेर नोबेलले पूर्वी नेपालकागाउँ–गाउँमानिःशुल्क स्वास्थ्यशिविर सञ्चालनगर्दै आएको छ ।