गोरखाको आरुघाटमा केएमसी र पिपुल्स डेन्टल कलेजको निःशुल्क स्वास्थ्यशिविर

गोरखामा सोमबार निःशुल्कशिविर सञ्चालन गरिएको छ । आरुघाट गाउँपालिका वडा नंम्बर ९ सँग सहकार्य गरेर काठमाडौंको सिनमंगलस्थित काठमाडौं मेडिकल कलेज र नयाँबजारस्थितपिपुल्स डेन्टल कलेज तथाजनरल हस्पिटलले दुई दिने निःशुल्क स्वास्थ्यशिविर आयोजना गरेको हो ।
आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालनभएको शिविरमापहिलो दिन ९५३ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा १८९ जनाको रक्त परीक्षण, १७७जनाको भिडियो एक्सरे र १२१ जनाको ईसीजीगरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।
त्यस्तै दाँतको समस्याभएर शिविरमाआएका २६ जनाको दाँतखोलिएको छ भने शिविरमाउपचार सम्भव नभएका ३२ जनालाई थपउपचारका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।शिविर मंगलबार पनिजारी रहने छ ।
केएमसीले बिभिन्नजिल्लामापुगेर निःशुल्क स्वास्थ्यशिविर सञ्चालनगर्दै आएको छ । डा.सुनिलशर्माले केएमसीअध्यक्षको जिम्मेवारी सम्हालेपछि गतबर्षदेखि निःशुल्क स्वास्थ्यशिविर सञ्चालनलाई तीव्रतादिएको केएमसीले यसबीचमालाखौं बिरामीको निःशुल्कउपचार गरिसकेको छ ।