२४ घण्टामा ५८ जनामा कोरोना सङ्क्रमण

पछिल्लो २४ घण्टामा नेपालमा ५८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी पाँच हजार चार सय १८ जनाको नमुना परीक्षण गर्दा ५८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप एक सय ४८ जना कोरोना सङ्क्रमित निको भएका छन् । योसहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६१ हजार दुई सय १८ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएन । अहिले नेपालमा चार हजार आठ सय १९ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।