झापा गोल्ड कपको उपाधि आर्मीलाई

त्रिभुवन आर्मी फुटबल क्लबले झापा गोल्ड कप फुटबल प्रतिायेगिताको उपाधि जितेको छ । झापा ११ फुटबल क्लबलाई २–१ ले हराउँदै आर्मी चौथो पटक झापा गोल्ड कप फुटबल प्रतिायेगिताको च्याम्पियन बनेको हो ।

आर्मीका लागि टेकबहादुर बुढाथोकी र जर्ज प्रिन्स कार्कीले गोल गरेका थिए । झापा ११ का विमल घर्तीमगरले गोल फर्काएका थिए ।
पाँचौं संस्करणको झापा गोल्डकपको उपाधि विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार रुपैयाँ प्राप्त गरेको छ ।