बिराटनगरबाट ब्राउन सुगर सहित ३ पक्राउ

मोरङ, । मोरङको बिराटनगरबाट ब्राउन सुगर सहित ३ जना पक्राउ परेका छन । बिराटनगर महानगरपालिका–१५ बाट लागुऔषध ब्राउन सुगर सहित पक्राउ पर्नेहरुमा त्रिपुरासुन्दरी गाउँपालिका–९ सिन्धुपाल्चोकका ३८ बर्षीय संदिप खड्का, स्वयम्भु नगरपालिका–१५ काठमाण्डौका २३ बर्षीय हिमाल नेपाल र देउराली गाउँपालिका–५ रामेछापका ३४ बर्षीय कृष्ण बहादुर मगर रहेका छन ।

उनिहरुको साथबाट प्रहरीले ब्राउन सुगर १.६ ग्राम, नगद रुपैया १ लाख ५ हजार बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय रानीबाट खटिएको मोवायल गस्ती टोलीले चेकजाँच गर्ने क्रममा आइतबार राती साढे १० बजे सो परिमाण बराबरको ब्राउन सुगर सहित उनिहरुलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
पक्राउ परेका तीनै जनाको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।