भक्तपुरको नंखेलमा केएमसीको निःशुल्क स्वास्थ्यशिविर

भक्तपुर ।भक्तपुरको सूर्यविनायकनगरपालिका–९ स्थित नंखेलमाआइतबार निःशुल्क स्वास्थ्यशिविर सञ्चालनगरिएको छ । नेपाल रेडक्रस सोसाइटी भक्तपुरसँग सहकार्य गरेर काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले निःशुल्क स्वास्थ्यशिविर सञ्चालन गरेको हो ।
नंखेल स्वास्थ्यचौकीमा सञ्चालितशिविरमा ८६३जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा १७५जनाको रक्त परीक्षण, १८९जनाको भिडियो एक्सरे र १२७जनाको इसीजीगरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । दाँतमा समस्याभएर शिविरमाआएका२७जनाको दाँतउखेलिएको छ ।त्यस्तै शिविरमाउपचार सम्भव नभएका ३२ जनालाई शल्यक्रियाकालागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।
डा.सुनिलशर्माले केएमसीअध्यक्षको जिम्मेवारी सम्हालेपछि केएमसीले बिभिन्नजिल्लामापुगेर निःशुल्क स्वास्थ्यशिविर सञ्चालनगरिरहेको छ ।