काङ्ग्रेस बेलबारी २ वडा समितिद्वारा अविभावकबिहिन किशोरीलाइ घर हस्तान्तरण


नेपाली काङ्ग्रेस बेलबारी २ नम्बर वडा समितिले अविभावकबिहिन एक किशोरीलाई घर निर्माण गरिदिएको छ । अरुकै घरमा सहारा लिएर बस्दै आएकी बेलबारी २ कि मनिसा लिम्बुलाइ शनिबार काङ्ग्रेस २ नम्बर वडा कार्यसमितिले कार्यक्रम आयोजना गरेर नवनिर्मित घरको चाबी हस्तान्तरण गरेको हो ।
सहाराविहिन अवस्थामा रहेकी १७ वर्षकि किशोरीलाई काङ्ग्रेस बेलबारी २ नम्बर वडा समितिले घर निर्माण गरिदिएको क्षेत्रीय सचीव राजेश खत्रीले जानकारी दिनुभयो । वडा समितिले पक्की गारो र टिनको छानो भएको घर निर्माण गरिदिएको हो ।
वडा समितीले तरुण दल संगको सहकार्यमा आफै खटेर र केही रकम समेत संकलन गरेर घर निर्माण गरिदिएको काङ्ग्रेस बेलबारी २ नम्बर वडा सभापति बिचारी लिम्बुले बताउनु भयो । बुवा आमा गुमाएपछि आफू अरुको घरमा बस्दै आएको र अहिले नयाँ घर पाएकोमा मनिसाले खुसी ब्यक्त गर्नुभएको छ । आफ्ना लागी घर निर्माण गरिदिएकोमा उहाँले नेपाली काङ्ग्रेसलाई धन्यवाद दिनुभएको छ । मनिसा कक्षा १० मा अध्ययनरत हुनुहुन्छ ।
काङ्ग्रेस महाधिवेसन प्रतिनिधि तथा मोरङ जिल्ला सङठन विभाग प्रमुख मानबहादुर लिम्वुको प्रमुख आतिथ्यमा भएको घर हस्तान्तरण कार्यक्रममा महाधिवेशन प्रतिनिधि हरु रुक्मिणी धिमाल र रामहरी कोइराला विशिस्ट अतिथी रहनु भएको थियो । कार्यक्रममा स्वतन्त्रता सेनानी ढाका प्रसाद सेढाई, काङ्ग्रेस क्षेत्रीय सचीव राजेन्द्र अधिकारी,बेलबारी नगर उपसभापति नितु थापा कोइराला,युवा नेता मणिसुन्दर थापा,काङ्ग्रेस बेलबारीका पुर्व सभापति सम्भु भट्टराई लगायतको सहभगिता रहेको थियो । कार्यक्रम क्षेत्रीय सचिव राजेश खत्रीले सन्चालन गर्नुभएको थियो ।