शिक्षामा नयाँ नीति अख्तियार गर्दै प्रदेश १ सरकार

विराटनगर । वर्तमान समयमा पनि परम्परागत सिकाई हाबी भइरहेको भन्दै प्रदेश १ सरकारले सामुदायिक विद्यालयमा नयाँ सिकाइको नीति अख्तियार गर्ने भएको छ । सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले अझै पनि सामुदायिक तथा सरकारी विद्यालयका विद्यार्थीहरूलाई बन्द कोठा भित्र नै शिक्षा दिइरहेको भन्दै नवीन सिकाइको प्रयोग गर्नुपर्ने बताउनुभयो ।

’सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई अव नयाँ ढङ्गको सिकाई प्रदान गर्नुप¥यो ।खालि कोठाभित्र ल्याएर थुनेर मात्र विद्यार्थीले ज्ञान प्राप्त गर्न सक्दैन ।ओखलढुङ्गाको चिसंखुगढी गाउँपालिका ४ मा जाल्पा माविको पूनःनिर्मित भवनको उद्घाटन समारोहमा उहाँले भन्नुभयो, विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा समेत जोड दिनुप¥यो ।’

विद्यार्थीलाई नयाँ कुरा दिन नसके शिक्षकले जागिर खानकै लागि पढाउने तथा विद्यार्थी पास मात्रै हुने भन्दै यस प्रकारको सिकाइ तोड्न शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले गम्भीर भएर सोच्नुपर्ने बताउनुभयो ।

हुँदा खाने र हुनेखानेको शिक्षा फरक हुँदै गएकोले त्यसतर्फ ध्यान दिनुपर्ने उल्लेख गर्दै उहाँले भाषा जुन भए पनि विद्यार्थीले लिने ज्ञान समान हुनुपर्ने बताउनुभयो । विद्यार्थीमैत्री विद्यालय बनाउन निर्देशन दिँदै मन्त्री कार्कीले जीवन उपयोगी शिक्षा नै आजको आवश्यकता भएकाले शिक्षामा नयाँ नीति प्रदेश सरकारले अख्तियार गर्ने बताउनुभयो । ’विद्यालय भवन मात्रै बनेर हुँदैन । उहाँले भन्नुभयो, उपयोगी सिकाइका बारेमा सोचौँ। हैन भने सामुदायिक विद्यालयका भविस्य पनि जोखिममा छ ।’

उहाँले सो विद्यालयको पढाइ, अतिरिक्त क्रियाकलाप साथै शैक्षिक गतिविधिका बारेमा विद्यार्थीसङै संवाद समेत गर्नुभएको थियो ।