काठमाडौंको काँडाघारीमा केएमसीको निःशुल्क स्वास्थ्यशिविर

काठमाडौं, । काठमाडौंको कागेश्वरी मनोहर नगरपालिका–९ स्थित काँडाघारीमाबिहीवार निःशुल्क स्वास्थ्यशिविर सञ्चालनगरिएको छ । कायरा पोलिक्लिनिकसँग सहकार्य गरेर काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले एक दिने शिविर सञ्चालन गरेको हो ।
काँडाघारीस्थितइभानीकम्प्लेक्समा सञ्चालितशिविरमा९६५जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा१५३ जनाको भिडियो एक्सरे, १२१जनाको रक्त परीक्षण र ७५ जनाको ईसीजीगरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । त्यस्तै २२ जनाको दाँतखोलिएको छ । शिविरमाउपचार सम्भव नभएका ३३ जनालाई शल्यक्रियाकालागिअस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।
शिविरमाऔषधिपनिनिःशुल्कवितरण गरिएको छ । केएमसीले बुधबार काठमाडौंको आरुबारीमास्वास्थ्यशिविर सञ्चालन गरेर ९६३ जना बिरामीको निःशुल्कउपचार गरेको थियो ।