२४ घण्टामा ७३ जनामा कोरोना सङ्क्रमण

पछिल्लो २४ घण्टामा ७३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी पाँच हजार ६२ जनाको नमुना परीक्षण गर्दा ७३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै एक सय ९२ जना कोरोना सक्रमित निको भएका छन् ।

योसहित कोरोना सक्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६० हजार आठ सय ७८ जना पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएन । अहिले नेपालमा पाँच हजार ५० जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।