‘टिलपिल टिलपिल तारा…’ सार्वजनिक

विराटचोकः मोडल तथा नायिका सुपुष्पा भट्ट अभिनित म्युजिक भिडियो ‘टिलपिल टिलपिल तारा…’ सार्वजनिक भएको छ । विक्रमजंग शाह र मेलिना राईको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

सुमन श्रापितको शब्द, जीवन परियारको सङ्गीत र सुदीप सागरको सङ्गीत संयोजन रहेको गीतको भिडियोमा सुपुष्पासँगै रोहन असिब र अजय पुनलाई फिचरिङ गरिएको छ ।

सञ्जित श्रेष्ठको निर्देशन, रोहन असिबको कोरियोग्राफ रहेको गीतको भिडियोमा शिवराम श्रेष्ठको छायाङ्कन र लोकेश बज्रचार्यको सम्पादन रहेको छ ।