काठमाडौंको आरुबारीमा केएमसीको निःशुल्क स्वास्थ्यशिविर

काठमाडौं महानगरपालिका–६ आरुबारी, बौद्धमा बुधबार निःशुल्क स्वास्थ्य सञ्चालनगरिएको छ । महिला, बालबालिकातथा जेष्ठ नागरिक मन्त्रालय राष्ट्रिय बालअधिकार परिषद् श्रीमहलललितपुरसँग सहकार्य गरेर काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले एक दिने शिविर सञ्चालन गरेको हो ।
अस्थायी संरक्षणमा रहेका सडक बालबालिकाको उपचारलाई प्राथमिकतामा राखेर सञ्चालनगरिएको शिविरमा ९६३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।शिविरमा १९२ जनाको भिडियो एक्सरे, १८७जनाको रक्त परीक्षण र ९७जनाको ईसीजीगरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । त्यस्तै दाँतको समस्याभएका २२ जनाको दाँतखोलिएको छ भने शिविरमाउपचार सम्भव नभएका ३१ जनालाईशल्यक्रियाकालागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।
केएमसीले आइतबार काठमाडौंको धुम्बाराहीमा स्वास्थ्यशिविर सञ्चालन गरेर १०१३ जना बिरामीको निःशुल्कउपचार गरेको थियो । डा.सुनिलशर्माको प्रवेशसँगै निःशुल्क स्वास्थ्यशिविर सञ्चालनलाई तीव्रतादिएको केएमसीले बिभिन्नजिल्लामापुगेर स्वास्थ्यशिविर सञ्चालन गरी बिरामीहरुको निःशुल्कउपचार गर्दै आएको छ ।