सवारी दुर्घटनामा पैदल यात्रीको मृत्यु

झापा ।
झापाको कन्काई नगरपालिका–९ स्थित राजगड–लक्ष्मिपुर सडक खण्डमा सवारी दुर्घटना हुँदा १ जना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ३५ बर्षीय उमेश थापा रहेका छन ।

मे.१च ५२५ नम्वरको एम्वुलेन्सले ठक्कर दिँदा घाईते भएका थापालाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएकोमा अस्पतालमा पु¥याउना साथ डाक्टरले मृत घोषणा गरेका थिए ।
दुर्घटनामा संलग्न एम्वुलेन्स र चालक अमर राज श्रेष्ठलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।