रंगेली नगरप्रमुख, उपप्रमुख र ३ जना वडाध्यक्ष एमाले प्रवेश

मोरङको रंगेली नगरपालिकाका मेयर दिलिप बगडिया र उपमेयर केशवकुमारी खराल नेकपा एमालेका प्रवेश गरेका छन् । उनीहरुसँगै वडा नं ७ का अध्यक्ष रामचन्द्र मण्डल, वडा नं ५ का अध्यक्ष महानन्द मण्डल र वडा नं १ का अध्यक्ष महेश खनालसहितका कार्यकर्ता एमालेमा प्रवेश गरेको पार्टीका जिल्ला अध्यक्ष ऋषि पोखरेलले जानकारी दिनुभयो ।
नेकपा माओवादी केन्द्रबाट निर्वाचित उनीहरुलाई बुधबार रंगेलीमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेमा स्वागत गरेका छन ।