२४ घण्टामा २२४ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ९३६ पीसीआर परीक्षणमा ६८ जना र ३ हजार १५६ एन्टिजेन परीक्षणमा १५६ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन ।

पछिल्लो २४ घण्टामा २५१ जना संत्रमणमुक्त भएका छन् । ५ हजार ६९२ जना सक्रिय संक्रमितमध्ये संस्थागत आइसोलेसनमा १२४ जना रहेका छन् । तीमध्ये ३९ जना आईसीयूमा र ५ जना भेन्टिलेटरमा रहेका छन् ।