त्रिभुवन आर्मी झापा गोल्ड कपको सेमिफाइनलमा

त्रिभुवन आर्मी फुटबल क्लब पाँचौं झापा गोल्ड कपको सेमिफाइनलमा पुगेको छ । भारत दर्जिलिङको मानेभन्ज्याङ फुटबल क्लबलाई बुधबार ३–० ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो ।
बिर्तामोडस्थित डोमालाल रंगशालामा आर्मीलाई जित दिलाउन सन्तोष तामाङ, जर्ज प्रिन्स कार्की र विकास तामाङले गोल गरेका थिए ।
बिहीबारको खेल घरेलु टोली झापा–११ फुटबल क्लब र भारत सिक्किमको आरपी एफसीबीच हुने आयोजकले जनाएको छ । फागुन ३० गतेसम्म चल्ने प्रतियोगिताका विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार पाउने आयोजकले जनाएको छ ।