सवारी दुर्घटनाबाट १ जनाको मृत्यु

मोरङ ।

मोरङको बिराटनगर महानगरपालिका-४ स्थित कोशी लोकमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिराटनगर-३ का ७५ बर्षीय ईश्वरी पोखरेल रहेका छन् ।
दक्षिणबाट उत्तरतर्फ जादै गरेको प्रदेश १-०२-००२च ५०५७ नम्बरको पिकअपले बाटोमा हिडीरहेका पोखरेललाई ठक्कर दिदा घाईते भएका पोखरेलको आर्या अस्पताल कंचनबारीमा उपचारको क्रममा मृत्यु भएको थियो ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।