थ्री स्टारलाई हराउदै संकटा झापा गोल्डकपको सेमिफाइनलमा

थ्री स्टार क्लबलाई हराउदै संकटा क्लबल झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । उपाधिको दाबेदार मानिएको थ्री स्टारलाई संकटा क्लबले २–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।
बिर्तामोड नगरपालिका– ३ स्थित डोमालाल राजवंशी रंगशालामा मंगलबार भएको क्वाटरफाइनल खेलमा संकटाको जितका लागि विदेशी खेलाडी यानिक र फोडे फोफोनाले गोल गरे ।
बुधबार हुने क्वाटरफाइनल खेल विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र भारत दार्जीलिङको एमएफसीबीच हुने आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए ।