रंगेली नगरप्रमुख पार्टीबाट निष्कासित

नेकपा माओवादी केन्द्रले मोरङको रंगेली नगरपालिकाका प्रमुख दिलिप अग्रवाल (बगडिया) लाई पार्टीबाट निष्कासन गरेको छ ।
माओवादी केन्द्र प्रदेश १ अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो)ले विज्ञप्ति जारी गर्दै पार्टीको आचरण विपरीत काम गरेका कारण अग्रवालको साधारण सदस्यतासमेत खारेज गरेर कारबाही गरिएको जानकारी दिएका छन् ।
उनलाई पालिका प्रमुखको पदबाट पनि निष्कासन गर्न निर्वाचन आयोगमा सिफारिस गरेको नेम्वाङले जानकारी दिए ।
उनलाई पार्टी प्रवेश गराउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुधबार रंगेली आउँदैछन् ।