काठमाडौं । महाशिवरात्रीको अवसर पारेर काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले मंगलबार काठमाडौंकोपशुपतीमन्दिर क्षेत्रमानिःशुल्क स्वास्थ्यशिविर सञ्चालन गरेको छ । शिवरात्रीको अवसरमाआउँने भक्तजनहरुलाई लक्षितगर्दै केएमसीले पाशुपत क्षेत्रमै टेन्ट टाँगेर शिविर सञ्चालन गरेको हो ।
पशुपति क्षेत्रमाआएका सयौं भक्तजनले शिविरबाट निःशुल्क स्वास्थ्यउपचार सेवापाएका छन् ।भक्तजनहरु ब्रतकालागिखाली पेटभएकाले उनीहरुमारिगंटा लाग्ने, टाउको दुख्नेर रक्तचापको समस्या बढी पाइएको चिकित्सकहरुले बताएका छन् ।दिनभर सञ्चालनभएको शिविरमा७९३ जनाविरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।
शिविरमा ११६ जनाको रक्त परीक्षण र ९५ जनाको इसीजीपनिगरिएको छ ।विरामीहरुको स्वास्थ्य परीक्षण गरेर औषधिपनिनिःशुल्कवितरण गरिएको छ । स्वास्थ्य परीक्षणका लागि १५ जना डाक्टरहरुको टोलीशिविरमा खटिएको थियो ।
पूर्वी नेपालको प्रतिष्ठित नोबेल शिक्षण अस्पतालका सञ्चालकसमेत रहेका डा.सुनिलशर्माले गतबर्षदेखि केएमसीअध्यक्षको जिम्मेवारी सम्हालेका छन् । डा.शर्माले अध्यक्षको जिम्मेवारी सम्हालेदेखिनै केएमसीले बिभिन्नजिल्लामानिःशुल्क स्वास्थ्यशिविर सञ्चालन गरेर हजारौं विरामीको निःशुल्कउपचार गरिसकेको छ ।