समाज उन्नयनका लागि महिलाको भूमिका महत्वपूर्ण : मन्त्री राई

विराटनगर, १८ फागुन । प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले समाजको उन्नयनमा महिलाको भूमिका महत्पूर्ण रहेको बताउनु भएको छ ।
अन्र्तराष्ट्रिय महिला दिवसको अवसर पारि सामाजिक विकास मन्त्रालयले आयोजना गर्ने कार्यक्रमबारे आज विहान सरोकारवालावीच आयोजित छलफल कार्यक्रममा मन्त्री राईले सो कुरा बताउनु भएको हो । उहाँले महिलामाथि हुने विभेद विरुद्ध शुरु भएको आन्दोलनको सम्झनामा हरेक वर्ष मनाईने अन्र्तराष्ट्रिय महिला दिवसलाई व्यापक रुपमा मनाउनु पर्नेमा जोड दिनुभयो । मन्त्री यादवले औपचारिकतामा मात्रै नभएर सिर्जनात्मक रुपमा दिवस मनाउनु पर्ने उहाँले बताउनुभयो ।
सामाजिक विकास मन्त्रालयले आगामी मार्च ८ का दिन प्रभातफेरि र दीपप्रज्वलन गरि मनाईने निर्णय भएको सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले बताउनुभयो । उहाँले प्रभातफेरि र दीप प्रज्वलनका लागि व्यवस्थापन समिति पनि चयन गरिएको बताउनुभयो । उहाँका अनुसार सवै सामाजिक संघ संस्थाको सहभागितामा प्रहरी व्याण्ड र प्रदेश १ को संस्कृति झल्कने गरि झाँकी सहित प्रभातफेरि फागुन २४ गते विहान विराटनगर देवकोटा चौकबाट शुरु हुने छ । सामाजिक न्याय लैंगिक समानता, दीगो विकासको सुनिश्चितता’ भन्ने नाराका साथ दिवस मनाईने महाशाखा प्रमुख बरालले बताउनुभयो ।
छलफल कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव दीर्घराज मैनाली, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल लगायत सामाजिक क्षेत्रका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।