एक सय २७ जनामा कोरोना

पछिल्लो २४ घण्टामा एक सय २७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर, एन्टिजेन र आरडीटी गरी ६ हजार आठ सय ७४ जनाको नमुना परीक्षण गर्दा एक सय २७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

यस्तै थप तीन सय २१ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ५७ हजार चार सय ८८ जना पुगेको छ । अहिले नेपालमा सात हजार सात सय ७० जना सक्रिय सङ्क्रमित रहेका छन् । 

यही अवधिमा तीन जना सङ्क्रमितको ज्यान गएसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नौ सय ४१ जना पुगेको छ ।