एक सय ५८ जनामा कोरोना

पछिल्लो २४ घण्टामा देशभर एक सय ५८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ६ हजार पाँच सय चार जनाको नमुना परीक्षण गर्दा एक सय ५८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसका तीन सय ५४ जना सङ्क्रमित निको भएका छन् । योसहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ५७ हजार एक सय ६७ जना पुगेको छ । 
यही अवधिमा दुई जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । यो सहित नेपालमा अहिलेसम्म ११ हजार नौ सय ३८ जनाले कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाएका छन् ।

नेपालमा अहिले सात हजार नौ सय ७१ जना सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।