मृग शिकार गर्ने भरुवा बन्दुक सहित पक्राउ

संखुवासभाको चैनपुर नगरपालिका-७ स्थित बालेश्वर जंगलमा जंगली जनावर मृग मारी शिकार गर्ने १ जनालाई भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चैनपुर-७ फलाटे का ३५ बर्षीय दिल बहादुर श्रेष्ठ रहेका छन । बालेश्वर जंगलमा जंगली जनावरको शिकार भईरहेको छ भन्ने बिशेष सुचना प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट पिलुवा खोलाबाट खटि गएको गस्ती टोलीले मृग मारी घर तर्फ लादै गरेको अवस्थामा श्रेष्ठलाई १ थान भरुवा बन्दुक सहित जंगलबाटै नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका श्रेष्ठको इलाका प्रहरी कार्यालय चैनपुरबाट थप अनुसन्धान भईरहेको छ ।