तीन सय ८८ जनामा कोरोना सङ्क्रमण

सोमबार नेपालमा तीन सय ८८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी आठ हजार एक सय ४० जनाको नमुना परीक्षण गर्दा तीन सय ८८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा एक हजार दुई सय पाँच जना निको भएका छन् । योसहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ५२ हजार पाँच सय ९९ जना पुगेको छ । यही अवधिमा थप चार जना कोरोना सङ्क्रमितको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ९ हजार नौ सय २५ जना पुगेको छ ।
अहिले नेपालमा ११ हजार दुई सय ८२ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।