विराटचोकको किराना पसल चोरीमा संलग्न झापाका २ पक्राउ

प्रहरीले चोरीमा संलग्नल रहेको आरोपमा दुईजनालाई पक्राउ परेको छ ।
पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–९ बस्नो २१ वर्षीय रोहित भण्डारी र मेचीनगर नगरपालिका–६ बस्नो २७ वर्षीय दिलिप लिम्बु रहेका छन् ।
उनीहरुले मोरङ सुन्दरहरैचा नगरपालिका –९ विराटचोकस्थित सुर्य कट्टेलको किराना पसलबाट एनसेलको रिचार्ज कार्ड, अन्यि किराना मालसामानसमेत गरी अन्दाजी १ लाख ५० हजार बराबरको सामान लिएर फरार भएका थिए ।
पक्राउ परेका उनीहरुमाथि मोरङ जिल्ला अदालतबाट चोरी कसूरमा ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।