टि२० विश्वकप छनोटमा नेपालले समूह चरणको अन्तिम खेलमा क्यानडासँग खेल्दै

ओमानमा जारी आइसिसी टि२० विश्वकप छनोट ए मा नेपालले आज समूह चरणको अन्तिम खेलमा क्यानडासँग खेल्दैछ । समूह बी को शीर्ष स्थानमा रहेको नेपाल र क्यानडाबीचको खेल सोमबार ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा दिउँसो ३ ः ४५ मा सुरु हुनेछ ।

नेपाल विजयी भएमा शीर्षस्थानमा रहँदै समूह विजेताको रुपमा सेमिफाइनल खेल्नेछ । नेपाल सेमिफाइनल खेल्न सामान्य अन्तरले पराजित हुँदा पनि पुग्नेछ । नेपाल २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ । नेपालको नेटरनरेट ४.३७५ छ । क्यानडा २ खेलमा १ मा जित र १ म हार सहित २ अंकका साथ दोस्रो स्थानमा छ । क्यानडाको रेटरनरेट २.५१२ छ ।
नेपालले पहिलो खेलमा ओमानलाई ३९ रनले हराउँदा दोस्रो खेलमा फिलिपिन्सलाई १ सय ३६ रनले पराजित गरेको थियो । सेमिफाइनलमा फिलिपिन्स बाहेक अन्य सबै टोलीको सम्भावना बाँकी छ । सोमबार पहिलो खेलमा जमर्नी र आयरल्यान्ड तथा दोस्रो खेलमा बहराइन र युएईबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल नेपाली समय अनुसार मध्याहन्न ११ः ४५ मा सुरुहुनेछ ।