आगलागीबाट घर जलेर नष्ट भएपछि आठ जनाको परिवारको बिचल्ली

खोटाङमा आगलागीबाट घर जलेर नष्ट भएपछि आठ जनाको परिवारको बिचल्ली भएको छ ।
शुक्रवार घर आगोले जलेर नष्ट भएपछि जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानी (पाथीभरा) का डम्बरबहादुर राईको परिवारको बिचल्ली भएको हो ।
भान्छाका रुपमा प्रयोग हुँदै आएको कटेरोबाट सुरु भएको आगोले घर र घरमा भएका सबैथोक जल्दा आठ जनाको परिवारको बिचल्ली भएको चिसापानीका कार्यवाहक वडाध्यक्ष धनकुमार राईले बताउनुभयो ।
राई परिवार अहिले रेडक्रसले उपलब्ध गराएको त्रिपाल टाँगेर बसेका छन् ।