पानीमा डुबेर वालिकाको मृत्यु

इलाम ।

इलामको माईजोगमाई गाउँपालिका-४ स्थित माईखोलामा डुवेर बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा माईजोगमाई-४ का दिपक राईको ९ वर्षीया छोरी अरिना राई रहेकि छिन ।

माईखोलामा माछामार्ने क्रममा पानीमा डुवेर अचेत अवस्थामा आमाले फेला पारी उपचारको लागि लैजाने तयारी गर्दा गर्दै राईको घरमै मृत्यु भएको हो ।

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय इलामबाट थप अनुसन्धान भईरहेको छ ।