थप ६ सय ८० जनामा कोरोना सङ्क्रमण

नेपालमा थप ६ सय ८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर, आरडीटी र एन्टिजेन गरी सात हजार ९५ जनाको नमुना परीक्षण गर्दा ६ सय ८० जनामा सङ्क्रमण देखिएको हो । थप दुई जनासहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नौ सय दुई जना पुगेको छ ।

नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या २० हजार जनाभन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा थप एक हजार आठ सय ३५ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या १९ हजार चार सय जनामा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

कोरोनाको तेस्रो लहरमा गएको माघको मध्यतिर सक्रिय सङ्क्रमितको सङ्ख्या झन्डै एक लाख जना पुगेको थियो । नेपालमा अहिलेसम्म नौ लाख ४२ हजार सात सय ३७ जना कोरोनाबाट निको भएका छन् ।