खैरो हिरोईन सहित पक्राउ

मोरङको सुनवर्षी नगरपालिका-८ बाट खैरो हिरोईन सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको सुनवर्षी-१ का २३ बर्षीय बिनोद तामाङ रहेका छन ।

प्रहरी चौकी सिक्टीबाट खटिएको गस्ति टोलीले पैदल यात्री तामाङलाई संका लागि चेक जाँच गर्दा निजले प्लास्टिकमा पोको पारी शरिरमा लुकाई राखेको १ ग्राम ७४० मिलिग्राम खैरो हिरोईन बरामद भएको हो ।

प्रतिवन्धित लागुऔषध खैरो हिरोईन सहित पक्राउ परेका तामाङको इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भईरहेको छ ।