लोहन्द्रा पुल मुनि घाईते भेटिएका साईकल यात्रीको मृत्यु

मोरङ ।

मोरङ जहदा गाउँपालिका ४ रामचौक स्थित लोहन्द्रा पुल मुनि खोलामा घाईते भेटिएका साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ बर्षीय राजेश रिषिदेव रहेका छन् ।

रिसिदेव घाईते अवस्थामा रहेको जानकारी पाए लगत्तै सिमा प्रहरी चौकी पोखरियाबाट प्रहरी टोली खटि गई घाईतेलाई उद्दार गरि उपचारको लागी कोशी अस्पताल विराटनगर पठाईएको थियो । घाईते रिसिदेवको उपचारको क्रममा पौने ८ बजे मृत्यु भएको हो ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।