गाँजा सहित पक्राउ

मोरङ ।

मोरङको पथरीशनिश्चरे नगरपालिका -४ का २४ बर्षीय दिपक दर्नाललाई प्रहरीले १ के.जि. लागुऔषध गाँजा सहित पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले दर्नाललाई केराबारी गाउँपालिका -१० बगैचा टोल स्थितबाट उनले बोकेको झोलामा उक्त परिमाणको गाँजा फेला पारेको थियो ।

पक्राउ परेका दर्नालको ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भइरहेको छ ।