ब्राउन सुगर सहित पक्राउ

सुनसरी ।

सुनसरीको धरान उपमहानगर पालिका-१६ बाट प्रतिवन्धित लागु औषध ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान-१६ का २४ बर्षीय प्रबिण भुजेल रहेका छन ।

संघिय प्रहरी ईकाई कार्यालय धरानबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले बिशेष सुचानाको आधारमा भुजेलको कोठा खानतलासी गर्दा ३ ग्राम ब्राउन सुगर बरामद गरेको थियो ।

प्रतिवन्धित लागुऔषध ब्राउन सहित पक्राउ परेका भुजेको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।