लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ

मोरङ ।

मोरङको बिराटनगर महानगरपालिका-१५ स्थितबाट लागुऔषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको केराबारी गाउँपालिका-८ का ३५ बर्षीय मिकेनजी लिम्बु रहेका छन ।

लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरको टोलीले चेक जाँचको क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेको प्रदेश १-०२-०४१ प ६२५९ नम्बरको स्कुटरमा सवार रहेका लिम्बुको साथबाट २ ग्राम ७०० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो ।

प्रतिवन्धित ब्राउन सुगर सहित पक्राउ परेका लिम्वुको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।