नोबेलमा नौ अस्पतालका डाक्टर र नर्सलाई बाल सघन उपचार सम्बन्धि प्रशिक्षण

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा पूर्वी नेपालकानौ वटा अस्पतालमा कार्यरत डाक्टर र नर्सहरुलाई बाल सघन उपचार सम्बन्धिप्रशिक्षण दिइएको छ ।स्वास्थ्यतालिम केन्द्र धनकुटाले चार दिने तालिमआयोजना गरेको हो ।
आइतबारदेखि बुधबारसम्म सञ्चालनभएको तालिममाजिल्ला अस्पताल धनकुटा, उदयपुर, भोजपुर, रंगेली, दमक, नोबेल, कोशी कोभिड, विराट रबीपी अस्पतालका बच्चा सम्बन्धि १६ जना डाक्टर र नर्सहरु सहभागिभएको नोबेल अस्पतालका बालरोग बिशेषज्ञ डा.बविताखनालले जानकारी दिइन् ।उनीहरुलाई नोबेल विराट, वीपी र कोशी अस्पतालका आठ जनाबालरोग विशेषज्ञ डाक्टरहरुले प्रशिक्षण दिएका छन् ।
सहभागिहरुलाई सैद्धान्तिक र अभ्यासका माध्यमबाट सीप सिकाइएकोस्वास्थ्यतालिम केन्द्रकानिर्देशक रोहित पाण्डेले जानकारी दिए । उनकाअनुसार तालिममाविशेष गरी पीआईसीयूमाउपचारका क्रममाध्यानदिनुपर्ने कुराहरु, उपयुक्ततरिकाले मेसिनतथाउपकरणको प्रयोग विधि, कोरोनाको समयमाख्यालगर्नुपर्ने पक्षलगायतकाबिषयमातालिमदिइएको छ ।
तालिम समापनकाअवसरमा नोबेल अस्पतालका जेनेरल मेनेजर रुद्र प्रसाद शर्माले नोबेल अस्पतालतालिम केन्द्रका रुपमाविकसितहुँदै गएको बताए ।