प्रदेश १ मा २०९ जनामा कोरोना संक्रमण

प्रदेश १ मा सोमबार २०९ जनामा कोरोना संक्रमण भएको छ । ६३७जनाको पीसीआर परीक्षण गर्दा १४९ र ३७९ जनाका एन्टिजेन परीक्षण गर्दा ६० जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयकाअनुसार पीसीआर परीक्षणका आधारमामोरङमा ६८, सुनसरीमा ३१, झापामा २४, उदयपुर र धनकुटामा ३–३, इलाम, संखुवासभा र खोटाङमा २–२, पाँचथर, ताप्लेजुङ, तेहृथुममा १–१ र प्रदेश १ बाहिरका ११ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ३०, बेलबारीमा ८, उर्लाबारी, सुन्दरहरैचा, पथरीशनिश्चरे र बुढीगंगामा ५–५, ग्रामथानमा ३, सुनबर्षीमा २, मिक्लाजुङ, जहदा, कटहरी, कानेपोखरी र स्थानीयतहनखुलेका १–१, सुनसरीको धरानमा ११, इटहरीमा ९, बराहक्षेत्रमा ४,गढीमा २, देवानगञ्ज र इनरुवामा १–१ र स्थानीयतहनखुलेका ३, झापाको दमकमा ८, हल्दिबारी र कनकाईमा ३–३, भद्रपुरमा २, बुद्धशान्ति, शिवसताक्षी, विर्तामोड, मेचीनगर, गौरादह, गौरीगञ्ज, कमलगाउँपालिका र स्थानीयतहनखुलेका १–१, उदयपुरको उदयपुरगढी, चौदण्डीगढी र स्थानीयतहनखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिकामा३, इलामको इलामनगरपालिका र चुलाचुलीमा १–१, संखुवासभाको खाँदबारी र पाँचखपनमा १–१, खोटाङको दिप्रुङमा २, पाँचथरको फिदिम, ताप्लेजुङको श्रीजंगा र तेहृथुममा १–१ र प्रदेश १ बाहिरका ११ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ माआज ४५८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १८० महिला र २७८ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ महिलाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या २ हजार ६३२ रहेको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।