ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

संखुवासभा ।

संखुवासभाको खाँदवारी नगरपालिका ९ मा भएको ट्रक दुर्घटनामा परी चालकको मृत्यु भएको छ । खाँदवारीबाट सभाखोला तर्फ जाँदै गरेको प्रदेश २-०३-००१ ख ४३० नम्बरको ट्रक आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका चालक गोरखाका २४ बर्षीय मिलन मग्रातीको मनकामना हस्पिटल तुम्लिङटारमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभालले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।