थप एक हजार पाँच सय ७० जनामा कोरोना सङ्क्रमण

सोमबार थप एक हजार पाँच सय ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर, आरडीटी र एन्टिजेन गरी ११ हजार तीन सय ६५ जनाको नमुना परीक्षण गर्दा १५ सय ७० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

कोरोना भाइरसको सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा नेपालमा १३ जनाको ज्यान गएको छ ।

थपिएका १३ जनासहित नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार आठ सय २७ पुगेको छ । 

यस्तै २४ घण्टामा ६ हजार एक सय ४६ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख १५ हजार चार सय ८९ पुगेको छ । अहिले ४० हजार एक सय ११ जना सक्रिय सङ्क्रमित रहेका छन् ।