ब्राउन सुगर सहित ४ जना पक्राउ

मोरङ।

कानेपोखरी गाउँपालिका ५ बाट लागुऔषध ब्राउन सुगर सहित ४ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा मोरङ बेलवारी नगरपालिका ७ का ३३ बर्षीय रूपक श्रेष्ठ, २६ बर्षीय कृष्ण रणपहेली, बेलवारी नगरपालिका ९ का २८ बर्षीय रामदेव चौधरी र कानेपोखरी गाँउपालिका ५ का २१ बर्षीय रवि चौधरी रहेका छन् ।

प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई लागुऔषध ब्राउन सुगर ३ ग्राम ४० मिलिग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका चारै जनालाई लागुऔषध मुद्धामा म्याद थप भई अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।